सुचना, समाचार र मनोरन्जन

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

पोखरा /

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी)बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एडीबीको तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले एडीबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

कमेन्ट्स
Loading...