सुचना, समाचार र मनोरन्जन

न्ह्यू बज्राचार्यको संगीतमा ‘तिमी चल्छौ यो मुटुमा’ सार्वजनिक

काठमाडौ । नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत र  गायिका रानी शाक्यको सुमधुर स्वरमा  ‘तिमी चल्छौ यो मुटुमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी  र  सुनिल विकेको अभिनय रहेको छ  ।मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको भिडियोमा वी पाण्डेको निर्देशन रहेको छ । भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको हो ।

कमेन्ट्स
Loading...