सुचना, समाचार र मनोरन्जन

नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लाग्दै

काठमाडौँ
आज सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।  आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।

कमेन्ट्स
Loading...