सुचना, समाचार र मनोरन्जन

भारतमा एकैदिन करिब एकलाख ९५ हजार कोरोना संक्रमित थपिए

भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन एक लाख ९४ हजार ७२० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४२ जनाको ज्यान गएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ। दैनिक संक्रमणदर ११.०५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ४ हजार ८६८ पुगेको छ। सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो।

कमेन्ट्स
Loading...