मोरङ/
प्रतिकुल मौसमका कारण विराटनगर विमानस्थल बाट कारण आज मध्यान्हसम्म विमानस्थलबाट उडान हुन सकेको छैन। बिहानैबाट बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल खुल्न नसकेको हो। विमानस्थल प्रमुख खरेलले मौसममा सुधार आएको खण्डमा र विमान कम्पनीले सहमति दिए राति ११ बजेसम्म पनि विमानस्थन सञ्चालन गर्न सकिने जानकारी दिए।
बिहान १० बजे विमानस्थल खुल्छ। यात्रुले विमानस्थलमा भीड बढ्दै गएको छ। विमानस्थलका अनुसार एटीआर विमानका लागि कम्तीमा १ हजार ६ सय मिटर र सीआरजे जेटका लागि कम्तीमा २ हजार मिटरको भिजिबिलिटी हुनुपर्दछ। तर अहिले भिजिविलिटी कम रहेको हुँदा विमान उडान र अवतरणका लागि समस्या हुने बताइएको छ। हाल विराटनगरबाट बुद्ध, यती, श्रीएयर, सौर्यलगायतका विमानले उडान भर्दै आएका छन।
