सुचना, समाचार र मनोरन्जन

मानिस १८० वर्षसम्म बाच्न सक्ने अध्ययनको दाबी

काठमाडौँ/
२१ औँ शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्ने बैज्ञानिकले दाबी गरेका छन । यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन । तर यो अहिले नै होइन ।अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहेको रेकर्ड २१०० सम्ममा तोडिन सक्ने उनको भनाइ छ । हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहेको रेकर्ड फ्रान्सकी जिन कालमेन्टको नाममा छ । उनको मृत्यु १२२ वर्षको उमेरमा १९९७ मा भएको थियो ।

लियो बेल्जिलका अनुसार यदि मानिस धेरै उमेरसम्म जीवित रहे भने कयौँ किसिमका समस्याहरू पनि साथमा लिएर आउन सक्छन । जसमा शरीरका केही अङ्गले काम गर्न छाड्ने र चिकित्सा खर्च पनि बढ्ने उनको भनाइ छ ।  वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन ।

कमेन्ट्स
Loading...