सुचना, समाचार र मनोरन्जन

कास्कीमा आधारभूत पत्रकारिता तालिम सुरु, मिडिया विधेयकमा शंका नगर्न मन्त्री थापाको आग्रह

पोखरा/
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा बुधबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिमको उदघाटन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हित बमोजिम नै आउने बताएका हुन । ‘मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गर्छु’, उनले भने,‘ आमसंचार विधेयक पत्रकारको हित बमोजिम नै ल्याउँछौं,यसमा ढुक्क हुनुहोस ।’
आम संचार विधेयक अहिले विचाराधिन अवस्थामा रहेको र विद्यायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराए । पत्रकारिता जगतका विज्ञहरुलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफु रहेकोउनको भनाइ छ ।
‘विद्यायन समितिका सभापतिसँग मिडिया विधेयकका बारेमा पटकपटक छलफल भइरहेको छ । बालबालिकाको विधेयक अहिले छलफलमा रहेछ र यसपछि आमसंचार विधेयकलाई अगाडि बढाउने प्रक्रियामा हामी छौं ।’,उनले भने ।
आमसंचार विधेयक समयानूकुल पास गरिसकेपछि प्रेस रजिष्टारको कार्यालय पोखरामा रहने र प्रेस रजिष्टारको नियुक्तीका विषयमा पनि देखिएका विवादलाई सम्बोधन गर्ने गरी मिडिया विधेयक ल्याइने मन्त्री थापाले बताए ।
पोखरा लगायत गण्डकी प्रदेशमा संचालनमा रहेका मिडियाहरुले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ । मन्त्री थापाले पत्रकारिता क्षेत्रका लागि अहिलेको सरकार सकरात्मक रहेको बताउनुभयो । पत्रकारका हकहित, क्षमता विकास र संरक्षणका लागि बजेट विनियोजन समेत सकरात्मक रहेको उल्लेख गरे । पत्रकार महासंघ कास्कीको भौतिक स्तर उन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन गर्नु,प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि ६० लाख विनियोजन गर्नुले अहिलको सरकार पत्रकार र सम्बद्ध संघसंस्थाको हित बमोजिम नै रहेको जनाउने उनले बताए ।
लोक कल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्ने गरी संचार मन्त्रालय अगाडि बढेको उनको भनाइ छ । मन्त्री थापाले मन्त्रालयका लागि विनियोजित भएको बजेटलाई सदुपयोग गर्ने गरी आफु लागिरहेको गरे । ‘मन्त्रीको रुपमा कार्यभार सम्हालिसकेपछि सम्झन योग्य काम गर्ने पक्षमा म छु । मेरो मन्त्रालयमा विनियोजित भएको बजेटलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने जिम्मेबारीका साथ अगाडि बढीरहेको छु । अब छिट्टै रिजल्ट पाउनुहुनेछ’, उनले भने ।

British college

पत्रकारिताको मर्यादा भित्र रहेर काम गर्न पत्रकारलाई मन्त्री थापाको आग्रह छ । पत्रकारिता क्षेत्रबाट पनि विकृति विसंगति मौलाएको भन्दै उनले यसको संरक्षणमा सम्बद्ध संस्था लाग्नुपर्ने उल्लेख गरे ।
कसैको व्यक्तिगत प्रतिष्ठालाई नै भंग गर्ने गरी आधारहीन र एक पक्ष समाचार लेख्न पत्रकारलाई छुट नभएको बताए ।

कमेन्ट्स
Loading...