सुचना, समाचार र मनोरन्जन

बतासको सपोर्टमा व्यवसायिक संघ संगठन हरु: पोखरा उद्योग वाणिज्य संघद्धारा विज्ञप्ति

पोखरा/

व्यवसायीक संघ संगठनहरु बतास अर्गानाइजेसनको सपोर्टमा देखिन थालेका छन । कानुनी रुपमै समझौता गरि भाडामा लिएको नारायणहिटी संग्रहालय भित्र व्यापारिक प्रयोजनका लागि बनाइएका संरचना सरकारद्धारा जथाभावी नष्ट गरिएको भन्दै क्षतिपूर्ति दिन माग समेत गरेका छन । पोखरा उद्योग वाणिज्य संघले बुधबार विज्ञप्ति निकालेर सरकारले संचालकलाइ औपचारिक जानकारी समेत नदिई व्यक्तिको सम्पत्तिमा नोक्सानी गरेको भन्दै क्षतिपूर्ति दिन माग गरेको हो ।
पछिल्लो समय सरकारले गरेका गतिविधिले निजी क्षेत्रको मनोवल गिराउने काम गरेको भन्दै आफैले गरेका निर्णयहरु लत्याउने एवं कानूनी राज्यको खिल्ली उँडाउने काम भएको विज्ञप्तिमा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार÷व्यवसाय गर्न पाउने क्षेत्रा धिकारभित्रै रहेर गरिएको जनाइएको छ । संघले यस्ता गतिविधिहरु तत्काल रोक्न, क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति महस’स गराउन र व्यवसायीको सम्पत्तिमाथि पु¥याइएको नोक्सानीको क्षतिपूर्तिका लागि माग गरेको छ ।

कमेन्ट्स
Loading...