सुचना, समाचार र मनोरन्जन
kumdini

प्रकृतिमा भएको रुघाखोकी लगाउने भाइरसले कोरोनाविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउँने

काठमाडौँ/
विश्वलाई पछिल्लो २ वर्षदेखि कोभिड–१९ को महामारीले आक्रान्त पारेको छ । यसको पछाडि (SARS-CoV-2) नामक भाइरसको मुख्य हात छ । यद्यपि, वातावरणमा यस्ता कैयौँ भाइरसहरु छन् जुन मानव शरीरका लागि घातक छैनन । लण्डनस्थित इप्पिरियल कलेजका वैज्ञानिकका अनुसार प्रकृतिमा हुने सामान्य रुघाखोकी लगाउने भाइरस नै कोभिड–१९ को संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाइरहेको छ।

British college

रुघाखोकी लगाउने भाइरस नै बनाउँदैछ शरीरमा टि–सेल
नेचर कम्युनिकेशन्स जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार वैज्ञानिकहरुले चिसो, रुघाखोकी लगाउने भाइरसले मानिसको शरीरमा  SARS-CoV-2 सँग लड्ने टि–सेलहरुको निर्माण गरिरहेको बताएका छन् । प्रकृतिमा पाइने ति भाइरसले शरीरमा एन्टिबडी बनाउने र कोभिडसँग लड्न सहयोग गर्ने वैज्ञानिकहरुको दाबी छ । टि–सेलले भाइरससँग लड्न र भाइरसलाई मार्ने काम गर्छ ।

कसरी काम गर्छ टि–सेल
टि–सेलले भाइरसबाट संक्रमित हुन रोक्दैन । तर, संक्रमण भएपछि शरीरभित्र पुगेको भाइरसलाई भने मार्न मद्दत गर्छ । साथै, यो सेलले अर्को सेलसँग मिलेर शरीरमा एन्टिबडी निर्माण गर्छ । दक्षिण अफ्रिकाको सरकारले टि–सेल मजबुत गर्नका लागि खोप लगाउन अनिवार्य भएको बताएको छ ।

पहिले पनि भएको थियो अनुसन्धान
यसअगाडि पनि यस विषयमा अनुसन्धान भएको थियो । जसमा कोरोना भाइरसका कारण शरीरमा बन्ने टि–सेलले SARS-CoV-2 लाई पहिचान गर्न सक्छ । र पहिचान गरेपछि त्यसको विरुद्ध लड्न थाल्छ

कमेन्ट्स
Loading...