सुचना, समाचार र मनोरन्जन

सुनको भाउ पाँच सय रुपैयाँ बढ्यो

काठमाण्डौँ/

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट्स
Loading...