धनगढी/
सुदूरपश्चिम प्रदेशको बझाङबाहेक बाँकी ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ। बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने कैलाली,कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाहीले जिल्ला नेतृत्वको जिम्मा पाएका छन। त्यस्तै कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चक्र बोहरा र दार्चुलामा प्रेमसिंह धामी निर्वाचित भएका हुन।
