काठमाडौ/
बिहीबार सेयर बजार परिसूचक नेप्से ५४.१२ अंकले बृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। उक्त अंकको बृद्धिसँगै नेप्से परिसूचक २८५७.७५ अंकमा पुगेको छ। आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बैंकिङ उपसमूह ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत १५८.४७, फाइनान्स ९२.५९, बीमा २८८.५६, उत्पादन १२७.३३, माइकोफाइनान्स १७४.३४ र जीवन बीमा उपसमूह ३४९.६१ ले बृद्धि भएको छ।
