सुचना, समाचार र मनोरन्जन

मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ मा हुने

काठमाडौँ/

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ गते हुने भएको छ ।काउन्सिलले शुक्रबार सूचना जारी विशेष परीक्षाका लागि भोलि अर्थात शनिबारेदेखि अनलाइन आवेदन खुल्ला हुने जनाएको छ ।

इच्छुक व्यक्तिले असोज २७ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, कात्तिक २७ र २८ गते दुई दिन विलम्ब शुल्क सहित फाराम बुझाउन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

काउन्सिलका अनुसार विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ । यस्तै, विशेष परीक्षा कम्प्युटर प्रविधिबाट हुने छ ।

Leave A Reply

Your email address will not be published.