सुचना, समाचार र मनोरन्जन

गाँजा र चरेस सहित २ जना पक्राउ

झापा/

झापाको दमक नगरपालिका २ हुम्से(दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन ।

आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कमेन्ट्स
Loading...