सुचना, समाचार र मनोरन्जन
kumdini

जबर्जस्ती करणी गर्ने रसुवाका एक युवालाई जन्मकैदको सजाय

British college

काठमाडौँ/
जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को ९क० बमोजिम दोषी ठहर गरिएको हो । भट्टराईलाई जन्म कैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

 

कमेन्ट्स
Loading...