काठमाडौँ/
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका हुन। निर्वाचन कानुन अनुसार निर्वाचन तयारीका लागि १२० दिन चाहिन्छ । यसका लागि माघ पहिलो साताभित्र निर्वाचनको घोषणा भइसक्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपिलयाले राजनीतिक दलका नेताहरुसँग बताएका थिए। ‘हामीले दलका नेताहरुलाई स्थानीय निकायको निर्वाचनका लागि घच्घच्याएका छौँ,’ उनले भने। निर्वाचन कानुन अनुसार स्थानीय निकायका पदाधिकारीहरुको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ।
आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन। कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ। ‘१२ माघमा राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने र यसका लागि मतदान केन्द्र बढाउन सुझाव दिएको छौँ’, कांग्रेस नेता रमेश लेखकले बताए। आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन।
