सुचना, समाचार र मनोरन्जन

५ हजार ८७ नयाँ कोरोना संक्रमित थपिए, ३०६ जना संक्रमणमुक्त

काठमाडौँ/

पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन। हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन। गएको २४ घण्टामा १३ हजार ४७४ पीसीआर र ७ हजार ८६ एन्टिजेन परीक्षण गरिएको छ।

कमेन्ट्स
Loading...