सुचना, समाचार र मनोरन्जन

बतास फाउनडेसनको सहयोगमा पोखरामा स्वास्थ शिविर सम्पन्न

पोखरा/

बतास फाउनडेसनको सहयोगमा पोखरामा स्वास्थ शिविर सम्पन्न भएको छ । विपन्न तथा आश्रित परिवारलाई लक्षित गरी पोखरा ९ रामघाटमा शिविर आयोजना गरिएको थियो । GREEN YOUTH ALLIANCE NEPAL को आयोजना तथा बतास फाउनडेसनको मुख्य प्रायोजन र रहेको स्वास्थ शिविरबाट झण्डै दुई सय जनाले स्वास्थलाभ लिएको आयोजकले जनाएको छ ।
स्वास्थ शिविरमा बोल्दै गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले आश्रित परिवारको लागि स्वास्थ शिविरको आयोजना गर्नु सर्हानिय र पुन्यको काम भएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले रामघाटका आश्रित परिवारको जिम्मा लिने जुनसुकै समुहलाई आफुले सक्दो सहयोग गर्न तयार भएको बताएका छन ।


तमु धि पोखराका अध्यक्ष हुम गुरुङले निशुल्क स्वास्थ शिविरको लागि आयोजकलाई धन्यवाद दिएका छन । स्वास्थ शिविरको प्राविधिक सहयोगि रहेको पोखरा डाइवेटिज एण्ड क्लिनिकका अध्यक्ष राजन श्रेष्ठले निशुल्क स्वास्थ शिविरको माग भए पोखराका जुनसुकै ठाउँमा पुगेर सेवा दिन तयार भएको बताएका छन ।
शिविरमा गण्डकी मेडिकल कलेज तथा टिचिङ अस्पतालका १० जना स्वास्थकर्मीले सेवा प्रदान गरेका थिए भने विरामीहरुलाई निशुल्क औषधी वितरण समेत गरिएको थियो । सिद्धमार्ग टोलविकास संस्थाका अध्यक्ष सुर्य जलारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन समाजसेवी रोजिना श्रेष्ठले गरेकी छन ।

कमेन्ट्स
Loading...