सुचना, समाचार र मनोरन्जन

जिल्ला प्रशासन कार्यलय कास्कीद्धारा संक्रमण रोकथाम आदेश जारी

पोखरा/

जिल्ला प्रशासन कार्यलय कास्कीले आजदेखि लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ । शनिबारदेखि जिल्लाभरी लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए ।

प्रशासनले  आदेश जारी गर्दै  सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन, महोत्सव तथा मेलाको आयोजना गर्न र  सभा सम्मेलनमा रोक लगाएको छ  । शनिवारबाटै जिल्लाभर सार्वजनिक सेवा लिँदा कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।

जारी आदेश अनुसार सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ  ।

सवारीसाधनमा लामो दुरीको यात्रा गर्दा तथा हवाइ जहाजबाट यात्रा गर्दा खोप कार्ड अथवा  कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ । धार्मिक पारम्पारिक तथा सांस्कृतिक कार्य गर्दा भिड भाड नगरी घर परिवार मात्र सामेल भएर गर्नुपर्नेछ । आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा जिल्ला भर  रोक लगाइएको छ । सेमेस्टर, वार्षिक तथा अन्य परीक्षा सञ्चालनको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न भनिएको छ  ।

औषधी लगायतका अत्यावश्यक वस्तु तथा सेवाको कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने र सहज आपूर्तिमा रोक लगाउने जस्ता कार्य भएमा कानुन बमोजिम कारबाही हुने  प्रशासनले जनाएको छ ।

पेशा व्यवसाय तथा उद्योगधन्दा सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न भनिएको छ ।  जारी आदेश पालनान नगरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

कमेन्ट्स
Loading...