सुचना, समाचार र मनोरन्जन

कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौँ /

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन। शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन।

‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए।

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउनयोग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको जानकारी दिए।

नेकपा एमालेका नेता सुवास नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड १९ रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो।

कमेन्ट्स
Loading...