सुचना, समाचार र मनोरन्जन
Election Commission V2

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ नामाकरण

जनकपुरधाम /

झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ।

तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेश छ । यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ । कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो।

कमेन्ट्स
Loading...