सुचना, समाचार र मनोरन्जन

स्थायी राजधानी र नामको टुङ्गो लागेको खुसीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम/

मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। झण्डै ४ वर्षपछि स्थायी राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेश सरकारले खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन।

सोमबार बसेको प्रदेशसभा बैठकबाट झण्डै चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ। राजधानीका लागि भएको मतदानमा ९९ जनाले मत खसाउँदा ७८ जनाले जनकपुरधामको पक्षमा मतदान गरे। त्यस्तै नामका लागि भएको मतदानमा ८० जनाले मत खसालेपछि नाम र राजधानीको प्रस्ताव दुई तिहाइभन्दा बढीले पास भएको हो।

कमेन्ट्स
Loading...