काठमाडौँ/
आज सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणासहितका विषयमा छलफल हुने जनाइएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन गर्नु पर्ने बेला आए पनि मिति तोकिएको छैन ।
सत्तागठबन्धनका पाँच दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन । प्रधानमन्त्री पनि उक्त समितिको बैठकमा उपस्थित हुने गर्छन । समितिको बैठकमा संघीय संसद सुचारु गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।
