सुचना, समाचार र मनोरन्जन
kumdini

विश्वकै सबैभन्दा पाका पुरुषको ११२ वर्ष ३४१ दिनमा मृत्यु

British college

काठमाडौँ/
विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना उनले आफ्नो ११३ औँ जन्म दिन मनाउने योजनामा थिए ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले जुत्ता व्यापारी थिए । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन ।​ गिनिज वर्ल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

कमेन्ट्स
Loading...