सुचना, समाचार र मनोरन्जन

९९ जना नेपाली श्रमिक जीटुजी प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान

काठमाडौं/

९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन। उनीहरु सरकार–सरकार जीटुजी प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा ६३ महिला र ३६ पुरुष इजरायल प्रस्थान गरेका हुन।

British college

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएपछि नेपाली श्रमिक सरकारी कोटामै इजरायल जाने बाटो खुलेको हो। इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल जान लागेका श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाइ गरेका छन।

सरकार–सरकार जीटुजी प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर समेत विमानस्थल पुगेका थिए। यसपछि १५ र १६ माघका दिन दुई उडान हुनेछ। वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मंसीरमा ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।

कमेन्ट्स
Loading...