सुचना, समाचार र मनोरन्जन

यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाबाट बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

British college

अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानको बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनुपरेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ । विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट्स
Loading...