सुचना, समाचार र मनोरन्जन

पुलिस क्लब आहा रारा गोल्डकपको क्वार्टर फाइनलमा

काठमाण्डौ/

British college

नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर(फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर(फाइनलमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट एकरएक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर(फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा १० टोली सहभागी छन । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन ।

कमेन्ट्स
Loading...