सुचना, समाचार र मनोरन्जन

आहा रारा गोल्डकपमा आज एपीएफ र बीवाईएसी यूएसए खेल्दै

काठमाण्डौ/

British college

आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन । पोखरा रङ्गशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो ।

बीवाईएसी यूएसएले सिधै क्वार्टर फाइनल खेल्न लागेको हो । हिजो भएको खेलमा पुलिसले पेनाल्टी सुटआउटमा हिमालयन शेर्पालाई हराएर क्वार्टर फाइनलमा पुगेको छ । पोखरामा चलिरहेको २०औँ संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन ।

कमेन्ट्स
Loading...