सुचना, समाचार र मनोरन्जन

दसगजा क्षेत्रमा भारतको सुरक्षा पोष्ट खडा

मोरङ /

British college

भारतको सीमा सुरक्षा बल एसएसबीले विराटनगर महानगरपालिका १६ स्थित दरैयाबस्तीको दसगजा क्षेत्रमा सुरक्षा पोष्ट राखेको छ। एसएसबीले करिब १ महिनाअघिबाट दरैया र भारतको जोगबनीस्थित टिकुलिया बस्तीबीच पर्ने दसगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको हो।

दशगजा क्षेत्रमा एकतर्फी सुरक्षा पोष्ट स्थापना भएपछि नेपालको तर्फबाट त्यसबारे जानकारी लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार दसगजा क्षेत्रमा कुनै पनि प्रकारको संरचना बनाउन पाइँदैन। प्रजिअ दाहालले सो क्षेत्रमा निर्माण भएको संरचना हटाउन कूटनीतिक पहल गरिने बताए। भारतको अररिया डिस्ट्रिक्ट मेजिस्ट्रेटसँग यस विषयमा कुरा राखिने उनले जानकारी दिए।

कमेन्ट्स
Loading...