सुचना, समाचार र मनोरन्जन

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा बस्दै

काठमाडौँ/

नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक बसेको हो।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचनलगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्।

माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्षमात्रै चुनेको थियो। महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ।

त्यसैगरी बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ। यी विषयमा पनि छलफल भएको छ। माओवादीमा महासचिव छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ।

कमेन्ट्स
Loading...