सुचना, समाचार र मनोरन्जन

यसवर्षको एसईई वैशाखमा हुने परीक्षा बोर्डको भनाइ

काठमाडौँ/

British college

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको सरकारले जनाएको छ । अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन । तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिए । वैशाखमा परीक्षा हुँदा पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनले बताए ।

यसअघि मङ्सिरमा तालिका सार्वजनिक गरेर चैतमा एसईई परीक्षा हुने गर्थ्यो । कोभिड–१९ का कारण अघिल्ला दुई वर्षमा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कमेन्ट्स
Loading...