सुचना, समाचार र मनोरन्जन

ओली दम्पतिलाई कोरोना सङ्क्रमण

काठमाडौँ/

British college

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको ओलीको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी छ ।

कमेन्ट्स
Loading...