सुचना, समाचार र मनोरन्जन

डोजरले पल्टाएको ढुंगा बोलेरोमाथि खस्दा ओखलढुंगामा ३ जनाको मृत्यु

British college

ओखलढुंगा/
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ । करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन । निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए ।

कमेन्ट्स
Loading...