सुचना, समाचार र मनोरन्जन

२४ घण्टामा थपिए १० हजार ३१९ जना कोरोना संक्रमित

काठमाडौँ/

British college

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९ पुगेको छ।

यस्तै आज २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन। पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पीसीआर तथा ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको छ।

कमेन्ट्स
Loading...