सुचना, समाचार र मनोरन्जन

प्रहरीकै मोटरसाइकल लिएर फरार कर्तव्य ज्यान मुद्धाका कैदी पक्राउ

British college

दाङ/
जिल्ला प्रहरी कार्यालय दाङले कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय दाङले परियारलाई सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।

कारागारबाट उपचारको बहानामा पुस ८ गते त्यहाँबाट निकालिएको बेला प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो । उनी प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । लामो समयदेखि सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। सोही आधारमा उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल पक्राउ गर्न भारत पुगेको जनाइएको छ ।

कमेन्ट्स
Loading...