कास्की/
कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीका अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारी द्धारा हस्ताक्षरित सूचनामा कर्मचारीमा ओमिक्रोन सहित कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ ।
अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्ने समेत जनाइएको छ ।