सुचना, समाचार र मनोरन्जन

कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार

अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’ भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ ।

British college

विरामीका बाबु डेभिड फर्गुसनले अस्पतालले मुटु प्रत्यारोपण कुरिरहेको विरामीको सूचीबाट आफ्ना ३१ वर्षीय छोराको नाम हटाएको सीएनएनलाई बताएका छन्।

यसअघि प्रत्यारोपणको सूचीमा रहेका ती व्यक्तिले कोभिड खोप लगाउन अस्वीकार गरेका थिए । ‘खोप उसकोे आधारभूत सिद्धान्त विपरित थियो । उसले खोपमा विश्वास नै गरेन,’ फर्गुसनले भने।

प्रत्यारोपणका लागि विरामीले कोभिड १९ खोपसहित अमेरिकाको रोग नियन्त्रण तथा उन्मुलन केन्द्र, सीडीसीले सिफारिस गरेको खोप लगाउनुपर्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट्स
Loading...