सुचना, समाचार र मनोरन्जन

महिला संघ पोखराकी सभापति माया बरालद्धारा मुस्लिम समुदायका वृद्ध वृद्धालाई न्यानो कपडा वितरण

British college

कास्की/

नेपाली कांगे्रस महाधिवेशन प्रतिनिधि तथा महिला संघ पोखराकी सभापति माया बरालले विपन्न मुस्लिम समुदायलाई न्यानो कपडा वितरण गरेकी छन । रुपा गाउँपालिका वडा नम्वर मा रहेका करिव ६० जना वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरेको बरालले बताएकी छिन ।
समाजसेवाका विभिन्न काममा संलग्न रहदै आएकी उनले जाडो मौसममा विपन्न परिवारलाई थोरै भएपनि राहत मिलोस भनेर न्यानो कपडा वितरण गरेको बताएकी छन । त्यस्तै दिन पुगोस खान पुगोस भन्ने भावनाले आउने दिनहरुमा पनि भौगोलिक तथा आर्थिक रुपमा पछाडी परेको समुदायलाई सहयोग गर्न आफु तत्पर रहेको बताएकी छन ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गि माया गुरुङ, करिसन मिया,सरोज केसी, शिव अधिकारी, आनन्द सुबेदी, खलिल मिया, मुराहरी कोईराला लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सेर अलि मियाले गरेका थिए ।

कमेन्ट्स
Loading...