सुचना, समाचार र मनोरन्जन

मनाङमा मतदाताभन्दा जनसंख्या कम

मनाङ/

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ। विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो।

British college

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसंख्याया भन्दा अहिलेको संख्या २५५ ले घटेको छ। उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ। मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ।

जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ। प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो।

कमेन्ट्स
Loading...