सुचना, समाचार र मनोरन्जन

बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै किमले गरे प्रशंसा

 उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन्।

‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्दघाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ ।

आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पु¥याउने किमले बताउनु भएको छ । हिउदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ ।

यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाईल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यमदूरीको व्यालिस्टिक मिसाइल आईबीएम सहित जनबरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ ।

उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो । उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

कमेन्ट्स
Loading...