सुचना, समाचार र मनोरन्जन

छैटौ अर्मला पर्वतिय महिला तथा पुरुष दौड माघ २३ गते हुने

पोखरा /

छैटौ संस्करणको अर्मला पर्वतिय महिला तथा पुरुष दौड यहि माघ २३ गते आइतवार हुने भएको छ।

पोखरा १६ स्थित रमणिय पर्यटकिय गाउँ अर्मलामा नेपालीहरुको पर्व श्रीपञ्चमीको विशेष अवसरमा उक्त दौड हुन लागेको हो। अर्मलामा हरेक वर्ष श्रीपञ्चमीको अवसरमा लाग्ने विशेष मेलामा यो पटक पुरुषतर्फको ठेलो प्रतियोगिता समेत आयोजना गरिएको अर्मला निवासी जुम प्रसाद गुरुङले जनाएका छन्।

अर्मला कोट यूवा क्लवको आयोजनामा हुने दौडतर्फको पुरस्कार राशीमा वृद्धि गरिएको छ । जसअनुसार प्रथम, द्वितिय, तृतिय र सान्त्वनातर्फ विजेता खेलाडीलाई क्रमश नगद २० हजार, १५ हजार, १० र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने भएको क्लवका अध्यक्ष ध्रुव गुरुङले बताए । त्यसै गरी महिलातर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वनातर्फ विजेता खेलाडीलाई क्रमश नगद रु १०, ८, ५ र २ हजार प्रदान गरिनेछ।

त्यसै गरी ठेलोतर्फ विजेता खेलाडीलाई खुलातर्फ नगद ५ हजार र फेटा प्रदान गरिनेछ । ठेलोतर्फ नै १६ वर्ष मुनीका विच समेत प्रतिष्पर्धा गराइने छ । १६ वर्ष मुनीको खेलाडीलाई नगद ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

कमेन्ट्स
Loading...