पोखरा /
दुलही लिन हिँडेको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ । बेहुला चढेको ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं. को जीप दुर्घटनामा परेको हो ।
पूर्वान्ह १० बजेतिरको समयमा भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट जाँदै थिए ।
प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको डाँडानाक प्रहरी चौकीले जनाएको छ ।
तस्वीरः सन्दीप पौडेल
