काठमाडौँ/
साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रूपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
