जनकपुरधाम/
मधेश प्रदेशमा एकजना राज्यमन्त्री थपिएका छन । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका छन।
राज्यमन्त्री बनेका यादव र्रौतहटको निर्वाचन क्षेत्र ३९क० बाट निर्वाचित भएका हुन । यस अघि यस मन्त्रालयमा राज्यमन्त्रीको रुपमा सुरेश मण्डल रहेका थिए । पार्टी विभाजन अघि मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका थिए ।

मन्त्रालय टुक्राएपछि मंसिर ५ गते नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोको नेतृत्वमा नेकपा एस सरकारमा गएको थियो । उद्योग, पर्यटन तथा वन मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव नियुक्त भएका थिए ।