सुचना, समाचार र मनोरन्जन
Tiger Cup

राजनीतिक घटनाक्रम नियालेर मात्रै माओवादीले केन्द्रीय समिति बैठक राख्ने

काठमाडौँ/
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी का कारण सत्तारूढ दल माओवादी केन्द्रको आजका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको बताइएको छ । नेता हरिबोल गजुरेलले २ फागुनमा बस्ने संघीय संसद बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताए ।

‘संसद्मा एमसीसीबारे त क्लियर हुनुपर्यो । नभइकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसदमा एमसीसीबारेको अवस्था के हुन्छ? त्यसपछि कसरी जाने ? के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठीक हुन्छ’ नेता गजुरेलले भने ।

एमसीसीका कारण माओवादी विवादित छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन गर्न सहमत रहेको भनि लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो ।

यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने बैठकको एजेन्डा थियो । बैठकका अन्य एजेन्डाहरू भने स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट गर्ने पनि थियो ।

कमेन्ट्स
Loading...