सुचना, समाचार र मनोरन्जन

देवेन्द्र बल्लुको ‘भेटै हुन्न कि’ सार्वजनिक

देवेन्द्र बब्लुले नेपाली गीत-संगीतको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइरहेका छन् । चाहे त्यो शब्दमा होस्, संगीतमा होस् वा गायनमा नै किन नहोस् ।

त्यो मात्र होइन, देवेन्द्र अभिनय र भिडियो निर्देशनमा पनि उत्तिकै सक्रिय छन् । त्यसैले देवेन्द्रलाई बहुप्रतिभावान कलाकारको रुपमा लिन सकिन्छ ।

देवेन्द्रले आफ्नो संगीत तथा स्वरमा ‘कसरी, एक्लै जान सक्छै र, म हाँसे हाँस्छै र’ जस्ता चर्चित गीत दिइसकेका छन् । यीसँगै देवेन्द्रले दर्जन हाराहारी गीतमा स्वर भरेका छन् ।

उनै देवेन्द्रको नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार देवेन्द्रको आफ्नै युट्युब च्यानलबाट ‘भेटै हुन्न कि’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर देवेन्द्रले नै दिएका छन् । गीतको एरेन्ज कृष्ण बिकले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

भिडियोमा गायक देवेन्द्रसँगै विशाल घिमिरेलाई पनि देख्न सकिन्छ । विशाल घिमिरेको डिजाइनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलर प्रविण भट्टले गरेका छन् ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds