पोखरा /
पोखरा-५ जिरो कि.मी. मा अवस्थित पोखरा ईन्भेस्टमेन्टमा “लिडरसिप मोटिभेसनल सेमिनार” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
मञ्चले पृथक किसिमको अवधारणामा आधारित रही तयार गरेको “Accelerating Leadership Development Via Cognition”नामक ‘लिडरसिप स्कुलिङ्ग’ प्लेटफर्मको पहिलो ईभेन्टको रुपमा भएको उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको सहभागीहरुले बताएका छन्।
सेमिनारका प्रमुख वक्ता युवा उत्प्रेरक उमेश केसी ले सार्वजनिक भाषण सिप, नेतृत्व विकास सिप सँग सम्बन्धित उत्प्रेरणा सत्र र हस्ताक्षर विश्लेषण सत्र संचालन गरेका थिए।मञ्चका संयोजक लिडर आरोग्य मोहन काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नेतृत्व मञ्च,पोखराकी प्रवक्ता लिडर प्रतिमा पौडेलले युवाहरुमा नेतृत्व सिप अभिवृद्वी गर्ने अभिप्रायका साथ सेमिनार आयोजना गरेको बताईन।
कार्यक्रममा जिरो डाएप्टर क्लबका अध्यक्ष शिव तिवारी सहित क्लबका आन्तरिक सदस्यहरुको समेत सहभागीता रहेको थियो। कार्यक्रमलाई मञ्चकी सदस्य लिडर प्रतीक्षा पौडेलले संचालन गरेकी थिईन भने अर्का सदस्य लिडर प्रविन पाण्डेको मनोरन्जन प्रस्तुती र क्लबका सदस्य गौरव थापा मगरको गायन प्रस्तुती पनि भएको थियो।
संसदीय अभ्यासमा आधारित रही तीन नमुना अंग(नमुना नेतृत्व संसद, नमुना नेतृत्व कार्यपालिका,नमुना नेतृत्व विज्ञपालिका) को पृथक अवधारणामा निर्माणाधीन नेतृत्व मञ्च,पोखराले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
नेतृत्व मञ्च,पोखराको आयोजना, जिरो डाएप्टर क्लबको सहकार्य र परिचय डटकमको प्रवर्द्वनमा कार्यक्रम सम्पन्न भएको हो ।