सुचना, समाचार र मनोरन्जन

सार्कको आक्रमणपछि अस्ट्रेलियामा पौडीबाजको मृत्यु

एक पौडीबाजमाथि सार्कले आक्रमण गरेपछि अस्ट्रेलियाको सिड्नीका अधिकांश समुद्री तट बन्द गरिएको छ। स्थानीय समयअनुसार बुधबार अपरान्ह सिड्नीको पूर्वी क्षेत्रमा रहेको लिटल बे समुद्री तटमा ह्वाइट सार्कको आक्रमणबाट एक पौडीबाजको ज्यान गएको थियो। सन १९६३ यता पहिलोपटक सार्कको आक्रमणबाट अस्ट्रेलियामा पौडीबाजको ज्यान गएको हो।

अधिकारीहरुले अहिलेसम्म सार्कको आक्रमणबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलाएका छैनन। किनार नजिकै छालमा पौडी रहेका बेला ती व्यक्तिलाई सार्कले आक्रमण गरेको थियो। सार्कबाट हुने आक्रमणका लागि सुरक्षात्मक उपायहरु व्यवस्थित रहेकाले सिड्नीमा यस्तो खालका घटना असामान्य मानिन्छ।

सो घटनापछि सिड्नीका अधिकांश समुद्री तट पौडीबाजका लागि बन्द गरिएको छ। आक्रमण गर्ने सार्कको खोजी तथा घटनास्थलको सुरक्षा अधिकारीले निगरानी गरिरहेका छन।

कमेन्ट्स
Loading...