सुचना, समाचार र मनोरन्जन

संयुक्त राष्ट्रसंघको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालको फोटो दोस्रो स्थानमा

काठमाडौं /

संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठन {एफएओ}ले आयोजना गरेको इयर अफ मिलेट्स फोटो प्रतियोगितामा नेपाली फोटोग्राफरले खिचेको नेपालको फोटोले दोस्रो स्थान पाएको । नवलपरासीमा फोटोग्राफर राज अधिकारीले खिचेको फोटोले दोस्रो स्थान पाएको हो ।

एफएओले प्रतियोगितामा पहिलो स्थान पाएको फोटोको केही दिनअघि नै घोषणा गरेको थियो । दोस्रो स्थानका लागि ४ फोटोहरु छानिएका थिए । यीमध्ये सार्वजनिक भोटिङका आधारमा एउटा फोटोले दोस्रो स्थान जित्ने थियो । ११ देखि १५ डिसेम्बरसम्म भएको भोटिङका आधारमा अधिकारीको ‘कोदो संरक्षणमा महिलाको भूमिका’ शीर्षकको फोटोले दोस्रो स्थान पाएको हो ।

प्रतियोगितामा ५८ देशका ८०० फोटोहरु सहभागी थिए । यी सबैलाई उछिन्दै दक्षिण अफ्रिकाका जोनाथन रिजले खिचेको फोटोले पहिलो स्थान पाएको थियो ।

Leave A Reply

Your email address will not be published.