सुचना, समाचार र मनोरन्जन

२४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ/

पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यससँगै गएको आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । यो अवधिमा संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ६७ जिल्लामा फैलिएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी संक्रमण पुष्टि कोशी प्रदेशमा भएको छ भने त्यसपछि पछिल्लो दुई सातायता संक्रमित सङ्ख्या गण्डकी प्रदेशमा बढेको छ ।

कोशी प्रदेशमा हालसम्म २३ हजार ९५९ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ७ हजार ७९६ जना संक्रमित भएका छन् । त्यस्तै बाग्मती प्रदेशमा ४ हजार ९४० संक्रमित भएका छन् । यस्तै, क्रमशः १ हजार १४२ सुदूरपश्चिम प्रदेश, ६७२ लुम्बिनी, ५९० मधेस, र १३१ कर्णाली प्रदेश संक्रमण पुष्टि भएको हो ।

Leave A Reply

Your email address will not be published.